दाङमा दुई समूहबीच खुकुरी प्रहार हुदाँ चार जना घाइत
Saturday, May 14th, 2022, 11:01 am
दाङ । दाङको तुलसीपुरमा दुई समूहबीच खुकुरी प्रहार हुदाँ चार जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–४ गणेशचोकमा गएराति दुई समूहबीच खुकुरी प्रहार हुँदा चार जना गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको छ । गाउँमा भएको पूजामा जम्मा भएका युवाहरुबीच झगडा भएको थियो । खुकुरी प्रहार गर्ने समूहका एक जना पक्राउ परेका र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।