मोटरसाईकल दुर्घटनामा सहायक मतदान अधिकृतको निधन
Saturday, May 14th, 2022, 10:49 am
सुर्खेत । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको मोटरसाईकल दुर्घटनामा परेर निधन भएको छ ।
वीरेन्द्रनगर–३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उहाँको शुक्रबार राति वीरेन्द्रनगर–८ मा कर्णाली प्रदेश ०२–००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।