म्यानचेस्टर सिटीलाई जरिवाना
Saturday, May 14th, 2022, 10:29 am
यूईएफएले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १४ हजार युरो जरिवाना गरेको छ । च्याम्पियन्स लिग अन्तरगत एट्लेटिको मड्रिडविरुद्धको खेलमा खेल भावना विपरित व्यवहार देखाएको भन्दै सिटीलाई कारबाही गरिएको हो ।
अघिल्लो महिना खेलिएको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा सिटीका खेलाडीहरुले विपक्षी टिमका खेलाडीलाई अनुचित व्यवहार गरेका थिए । सिटीका फिल फोडेनलाई फउल गरेपछि एट्लेटिकोका डिफेन्डर फिलिपे रातो कार्ड खादै मैदान बाहिर निस्कने क्रममा दुबै टिमका खेलाडी र कोचिङ स्टाफहरु झगडामा उत्रिएका थिए । तर, यस घटनामा यूईएफएले एट्लेटिकोलाई केहि कारबाही गरेको छैन ।