भारतमा रक्सी व्यापार गर्ने अनुमती अमेजनलाई
Saturday, June 27th, 2020, 11:24 am
एजेन्सी, १३ असार । भारतमा रक्सी व्यापार गर्ने अनुमति अमेजन कम्पनीले पनि पाएको छ ।
अमेजन साथै चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाको लगानी रहेको भारतको अनलाइन किराना स्टोर बिग बास्केटले पनि पश्चिम बंगालमा रक्सीको अनलाइन कारोबार गर्न अनुमति पाएको छ ।
भारतमा खाद्यान्नको अनलाइन कारोबार गर्ने अन्य दुई कम्पनी स्विग्गी र जोमाटोले गत महिनादेखि नै केही सहरहरूमा मदिराको अनलाइन कारोबार सुरु गरिसकेका छन् ।
पश्चिम बंगाल भारतको चौथो धेरै जनसंख्या भएको राज्यमा जनसंख्या ९ करोड रहेको छ ।
भारतमा वर्षेनी २७ अर्ब २० करोड डलर बराबरको मदिराको कारोबार हुने गर्दछ ।
भारतमा पछिल्लो समय अमेजनले आफ्नो इ–कमर्स व्यवसायलाई विस्तार गरिरहेको छ ।
आगामी दिनमा भारतीय बजारमा आफ्नो उपस्थितिलाई अझै मजबुत पार्नका लागि थप ६ अर्ब ५० करोड डलर लगानी गर्ने घोषणा गरिसकेको छ ।