कुलोको पानीमा डुबेर नाबालकको मृत्यु
Saturday, June 27th, 2020, 11:21 am
झापा,असार १३ । झापा शिवसताक्षी नगरपालिका(८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ वर्षीय छोरा सम्यमकुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ ।
शुक्रबार अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका नाबालक सम्यमको उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।