अमेरिकामा एकै दिन झन्दै ३८ हजार संक्रमित
Friday, June 26th, 2020, 5:29 pm
काठमाडौं, १२ असार । एकै दिन अमेरिकामा ३७ हजार बढि संक्रमण देखिएको छ । अमेरिकामा एकै दिनमा ३७ हजार ८ सय ९४ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार अप्रिलको अन्त्यदेखि एकै दिनमा रेकर्ड गरिएका संक्रमितको संख्या आजसम्म कै उच्च रेकर्ड गरिएको हो । यो सँगै हालसम्म २५ लाख २ हजार २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, बितेको २४ घण्टामा थप ५ सय ९५ जनाको ज्यान गएको छ । अमेरिकामा हालसम्म १ लाख २६ हजार ७ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ । संक्रमितमध्ये १० लाख ४८ हजार ४ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १५ हजार ७ सय २९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।
सुरुमा हटस्पट रहेका न्यूयोर्क र न्यू जर्सीमा संक्रमितको संख्या घटेको छ भने एरिजोना, क्यालिफोर्निया, मिसिसिपी, नेभाडा, टेक्सास र ओक्लाहोमा जस्ता धेरै अन्य प्रान्तमा संक्रमितको संख्या बढिरहेको छ ।