२४ घन्टामा थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो
Friday, June 26th, 2020, 4:57 pm
काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितमा १०७ जना महिला र ४८६ पुरुष गरि ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५९३ जनामा संक्रमण देखिएको हो। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।
प्रवक्ता डा। गौतमका अनुसार हालसम्म देशका रसुवा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ।
नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ जना रहेका छन् ।