नेपालमा थप १ जनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो
Friday, June 26th, 2020, 4:46 pm
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएसंगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको विरामीलाई कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोशिस भइरहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।