अब दशैमा रिलिज नहुने भयो ‘ए मेरो एजुर ४’
Friday, June 26th, 2020, 2:30 pm
लभस्टोरी कथामा आधारित रहेको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर’को चौथो सिरिज दशैमा रिलिज नहुने भएको छ । यो बर्षको दशैंको फूलपातीका दिनमा ‘ए मेरो हजुर ४’ रिलिज गरिने घोषणा गरिएको फिल्म अब कहिले रिलिज हुन्छ भन्ने टुङ्गो लागेको छैन ।
अभिनेता अनमोल केसी, सलोन बस्नेत र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहने फिल्म ‘ए मेरो हजुर ४’को छायांकन लकडाउनका कारण सकिन पाएको छैन । फिल्मका निर्माता सुनिल कुमार थापाले चलचित्रको ३० प्रतिशत भन्दा बढी छायांकन सकिएको समयमा लकडाउन भएपछि फिल्मको सबै काम रोकिएको बताए ।
निर्माता थापा लकडाउन खोलेपछि सरकारले सुटिङकालागि अनुमती पाएपछि काम सुरु गर्ने तयारीमा रहेका छन् । फिल्मको सबै काम सकेर बसेपनि रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता थापा बताउँछन् । दशैंसम्म हल नै खुल्ने वातावरण नबन्ने तथा हल खुलेपनि फिल्म हेर्ने दर्शकको संख्या कम नै रहने हुदा यसप्रकारको निर्णय लिइएको हो ।