दुई लाख भारतीय रुपैयाँसहित एक महिला पक्राउ
Friday, June 26th, 2020, 2:27 pm
विराटनगर, १२ असार । मोरङको विराटनगरबाट दुई लाख भारतीय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् ।
विराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतीय रुपैयाँसहित २५ वर्षीया कोरेसा खातुन पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह पौने ५ बजे विराटनगर–१७ बस्ने खातुनलाई ५०० दरको भारतीय नोट ४०० थान गरी दुई लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
भारतीय रुपैयाँसहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि पूर्वक्षेत्रीय राष्ट्रिय अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।