आइसोलेसनमा कार्यरत नर्सलाई लाग्यो कोरोना
Friday, June 26th, 2020, 2:16 pm
भैरहवा, असार १२ । आइसोलेसनमा कार्यरत नर्समा कोरोना भाइरस संक्रमण देखिएको छ । युनिभर्सल कलेज अफ मेडिकल लाइसेन्स (युसिएमएस)मा आइसोलेसनमा कार्यरत नर्सलाई कोरोना पोजेटिभ देखिएको हो ।
कलेजको आइसोलेसनमा उपचारार्थ गुल्मी जिल्लाका एक जना बिरामीको कोरोना पोजेटिभ रिर्पोट आएपछि नर्समा संक्रमण भई कोरोना पोजेटिभ देखिएको युसिएमएसका जनसम्पर्क अधिकारी सुशील गुरुङले जानकारी दिए ।
कोरोना संक्रमित गुल्मीका पुरुषको उपचार गर्ने सबै स्टाफको स्वाब परीक्षण गरिएको थियो । जसमा उनलाई कोरोना देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।