स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली पुगेनन्
Friday, June 26th, 2020, 1:41 pm
असार १२, काठमाण्डौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक अहिले बालुवाटारमा जारी छ। आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित नभएको जानकारी प्राप्त भएको छ।
बालुवाटार स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्डले बैठक चलाउने भन्दै प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन्।
यसअघि बुधबार सुरू भएको बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना धारणा राखेका थिए।
आफूले पार्टीभित्र, बाहिर र अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिपक्षीहरू झेल्नु परेको उनको गुनासो थियो।
आजको बैठकमा अरू स्थायी समिति सदस्यले समसामयिक विषयमा आफ्नो धारणा राख्दैछन्।