सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
Friday, June 26th, 2020, 12:50 pm
असार ११, काठमाण्डौं । प्रतिपक्षी दलले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार(आज)को बैठक पनि स्थगित भएको छ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार असक्षम भएको भन्दै यसमा खर्च भएको भनिएको ९३ करोडको हिसाब नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूले अडान राखेपछि आजको प्रदेश सभाको बैठक स्थगित भएको हो।
यसअघि असार १० गतेको १९ औं बैठक पनि प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको थियो।
प्रतिपक्षी दलहरुले कोरोना संक्रमण नियन्त्रणको लागि खर्च भएको ९३ करोडको हिसावकिताव माग गर्दै संसद चल्न नदिएका हुन् ।
प्रतिपक्षी दलका सदस्यहरूको अवरोधपछि सभामुख अर्जुनबहादुर बोहराले बैठक असार १४ गते दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको घोषणा गर्नुभएको हो ।