पानी जमेको खाल्डोले लियो सात वर्षीय बालकको ज्यान
Friday, June 26th, 2020, 11:12 am
विराटनगर, असार १२ । विराटनगरमा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीय बालकले ज्यान गुमाएका छन् । विराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडिको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर स्थानीय जयपाल मण्डलका छोरा अंकुश मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार अपराह्न साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरूले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि विराटनगरस्थित कोशी अस्पताल पु¥याएका थिए ।
तर, अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।