सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक
Thursday, June 25th, 2020, 8:41 pm
काठमान्डौ, असार १२ । बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ११ दिनपछि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टका अनुसार सुशान्तको निधन झुन्डिए पछि श्वास फेर्न गाह्रो भएका कारण भएको हो ।
मुम्बाई पुलिसले पाएको फाइनल रिपोर्ट अनुसार सुशान्तको निधनमा छेडखानी भएको छैन । ५ जना डाक्टरको टिम सहभागीमा फाइनल पोष्टमार्टमको रिपोर्टमा साइन गरिएको थियो ।
सुशांतको शरीरमा कुनै संघर्षको निशान वा बाहिरि चोटपटक लागेको छैन । नङहरू पनि सफा भएका कारण आत्महत्यानै रहेको रिपोर्टले स्पष्ट पारेको छ । तर, उनको आफन्तले भने उनको हत्या भएको भन्दै विरोध गर्दै छानविन गर्नुपर्ने माग गर्दै आएका छन् । सुशान्तको निधनपश्चात प्रहरीले परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका लगायत २३ जनासँग बयान लिइसकेको छ ।
३४ वर्षीय सुशान्तले १४ जुनमा डिप्रेसनका कारण आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए ।