सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ २४ जुलाईमा रिलिज हुने
Thursday, June 25th, 2020, 8:39 pm
काठमान्डौ, असार १२ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भएपछि ‘दिल बेचारा’ लगायत धेरै फिल्म रिलिज हुन पाएको थिएन । यसै समयमा बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्म २४ जुलाईमा रिलिज गरिने भएको हो ।
मुकेश छाबडाको डेब्यू निर्देशित फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्न लागिएको हो । निर्माताले फिल्मलाई हलमा नभई डिज्नी हटस्टारमा रिलिज गरिने ‘दिल बेचारा’लाई सुशान्तको ट्रिब्युटमा निःशुल्क हेर्न पाइने जनाइएको छ ।
फिल्ममा सुशान्तसंग नायिका सञ्जना सांघीको मुख्य भुमिका रहेको छ । यो फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो । अभिनेता सुशान्तको अन्तिम फिल्म भएका कारण दर्शकहरू यो फिल्मको प्रतिक्षामा रहेका छन् । र, धेरैले फिल्म ढिलो भए पनि हलमा रिलिज गर्नु पर्ने मागँ राखेका छन् ।