बेलायतमा ३ सय जनामा खोपको मानव परीक्षणको तयारी सुरु
Thursday, June 25th, 2020, 8:33 pm
काठमान्डौ, असार ११। कोरोना खोपको मानवमा हुने परीक्षणको तयारी बेलायतमा सुरु भएको छ । लन्डनको इम्पीरियल कलेजमा ३ सय जना मानिसमा खोपको ट्रायल गरिने बीबीसीले जनाएको हो । इम्पीरियल कलेज लन्डनमा प्राध्यापक रोबिन शातोकको नेतृत्वमा ट्रायल सुरु गरिने भएको हो ।
जनावरहरूमा भएको खोपको परीक्षणले प्रभावकारी नतिजा भएको कारणले अब मानिसमा परीक्षण हुन आटेको हो । र, खोप ले प्रभावकारी नतिजा देखाएमा मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता सुधार गरि भाइरसको संक्रमण हुन नदिन मद्दत गर्ने बताइएको छ ।
वर्तमानमा समयमा विश्वभर १ सय २० ठाउँमा कोरोनाबिरुद्धको खोप उत्पादन गर्ने प्रयास भइरहेको छ । जसमध्ये १३ वटा ठाउँमा खोप क्लिनिकल परीक्षणसम्म पुगेको छ । जसमध्ये चीन, संयुक्त राज्य अमेरिका, बेलायतमा, अष्ट्रेलिया, रसिया र जर्मनीमा खोपको ट्रायल चलिरहेको छ ।