नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला उम्मेदवार
Monday, April 25th, 2022, 12:23 pm
काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
विराटनगरको मेयरमा नेता डा. शेखर कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिँदा उम्मेदवार टुङ्गो लगाउन ढिलाइ भएको थियो । पार्टीले डा. कोइरालाकै सिफारिसमा नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलालाई मेयरमा अघि सार्नुभएको थियो ।