आलियासँग काम गर्ने विषयमा बोल्नुभयो राजमौली
Sunday, April 24th, 2022, 5:55 pm
काठमाडौं । केही साता अगाडि बलिउड नायिका आलिया भट्ट निर्देशक एसएस राजमौलीसँग रिसाएको खबर मिडियामा आएको थियो।
फिल्म ‘आरआरआर’ रिलिज भएपछि आफ्नो रोल छोटो भएको भन्दै आलिया रिसाएको र उहाँले आफ्नो समाजिक सञ्जालबाट फिल्मसँग सम्बन्धित पोस्टहरु हटाएको खबर एकाएक मिडियामा आयो।
उहाँको इन्स्टाग्रामबाट ’आरआरआर’ का थुप्रै पोस्टहरु हटेका पनि थिए । ती खबरको बारेमा आलियाले सामाजिक सञ्जाल मार्फत यो सब गलत रहेको बताउनुभएको थियो । ’इन्स्टाको ग्रिडको आधारमा सम्बन्धको बारेमा धारणा बनाउनु गलत हुन्छ ।
म सँधै मेरो इन्स्टाबाट पुराना पोस्टहरु हटाउने गरेकी छु । म आरआरआरसँग जोडिन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु । किनकी फिल्मलाई राजामौली सरले निर्देशन गर्नु भएको छ’ आलियाले इन्स्टामा स्टोरी शेयर गर्दै लेख्नुभएको थियो।
आलियाले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गरेपछि निर्देशक राजमौलीले पनि आउँदा दिनमा सहकार्य हुन् सक्ने संकेत गर्नुभएको छ।’आलिया राम्री कलाकार हुन् । उनले अभिनय गर्दा म पनि मोहित हुने गरेको छु । आउँदो दिनमा कथाको डिमाण्ड भएमा म उनलाई अफर गर्छु । राम्रो फिल्म बनाउनु छ भने बाहिर आएका हल्ला होइन कलाकारको कलाकारिता हेर्नु पर्छ’ निर्देशक रजमौलीले भन्नुभयो।
उहाँले बलिउड हंगामासँगको कुराकानीमा आफूलाई आलियासँग काम गर्न कुनै संकोच नरहेको बताउनुभएको छ। एन्टीआर र राम चरणसँग काम गर्दा रमाइलो अनुभव भएको निर्देशक राजमौलीले बताउनुएको छ। उहाँले एउटा प्रोजेक्टको लागि दुई कलाकारले दिएको समयको पनि चर्चा गर्नभएको छ।