अक्सफोर्ड विश्वविद्यालयको खोप मानवमा परिक्षण शुरू
Thursday, June 25th, 2020, 8:31 pm
काठमान्डौ, असार ११। अक्सफोर्ड विश्वविद्यालयले कोरोनाको सम्भावित खोप बुधवार अफ्रिकामा मानव परिक्षण शुरू गरेको छ । विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश रहेको ब्राजिलमा महामारी सब भन्दा छिटो फैलिरहेको हुदा ब्राजिलमा खोपको मानव परिक्षण गरिएको हो । खोप ब्राजिलको साओ पालोमा रहेको फेडरल युनिभर्सिटीका अन्वेषकहरूले स्वयंसेवकहरूलाई दिएर परिक्षण शुरू गरेका हुन् ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूद्वारा तयार गरिएको खोप फार्मास्यूटिकल कम्पनी एस्ट्राजेनेका कम्पनीले यसको विकास र उत्पादनमा सहयोग गरेको छ । अफ्रिकामा खोप प्रयोग गर्न अक्सफोर्ड विश्वविद्यालयसँग विटवाटर्सान्ड विश्वविद्यालयले साझेदारी गरेको छ । १८ देखि ६५ वर्ष बीचका दुई हजार स्वयंसेवक मानव परीक्षणहरूमा भाग लिइरहेका छन् ।
परीक्षणमा भाग लिनेहरूमा केहि व्यक्तिहरू एचआईभी संक्रमित पनि रहेका छन् । खोप कोभिड १९ बिरूद्ध कत्तिको सफल छ भनेर पत्ता लगाउनका लागी खोपको डोज दिइएपछि १२ महिनासम्म निगरानी गरिने छ । ब्राजिलपछि दक्षिण अफ्रिका, बेलायत र अमेरिकामा पनि अक्सफोर्ड विश्वविद्यालय खोप परीक्षण हुने भएको छ । विश्वभर बनरहेका बिभिन्न खोप प्रोजेक्टहरूमध्ये अक्सफोर्डको ChAdOx1 nCoV-19 वा AZD1222 को रूपमा पनि चिनिने खोपबाट धेरैले अपेक्षा राखेका छन् ।