८ जुनबाट खुलेको दक्षिण अफ्रिकाको स्कूलमा १ सय ८० संक्रमित
Thursday, June 25th, 2020, 8:24 pm
काठमान्डौ, असार ११। दक्षिण अफ्रिकाको एक बोर्डिङ स्कूलमा १ सय ८० भन्दा बढिलाई कोरोना संक्रमण पुस्टि भएको छ ।
८ जुनबाट दक्षिण अफ्रिकामा केहि स्कूलहरू फेरि खुल्न सुरु भएपछि बच्चाहरू स्कूल फर्केका थिए । सक्ल खुलेको केहि दिनमै दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा रहेको माउन्ट फ्रेरेको मकौला वरिष्ठ माध्यमिक विद्यालयमा १ सय ८० भन्दा बढी विद्यार्थीहरूमा कोरोना भाइरसको संक्रमण पुस्टि भएको विद्यालयले जानकारि दिएको हो । बीबीसीका अनुसार उक्त स्कुलमा बढी बच्चाहरू र केहि कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको हो ।
विद्यालयलाई पुन: नियन्त्रण, सम्पर्क ट्रेसिङ, र अन्य कोरोनाको जाँच गरेकाहरूको रिपोर्टका लागि पर्खिरहेकालाई परामर्श दिनको लागि बन्द गरिएको छ । पूर्वी केप प्रान्त दक्षिण अफ्रिकामा तेस्रो सबैभन्दा बढी कोरोना प्रभावित राज्य हो ।हालसम्म दक्षिण अफ्रिकामा १ लाख १ हजार ५ सय ९० जनामा कोरोना पुस्टि गरिएको छ ।