फिल्म ‘रामायण’ निर्माण हुने
Thursday, June 25th, 2020, 8:20 pm
काठमान्डौ, असार ११। लकडाउनको समयमा अधिकांश मानिसहरू घर बसेर टिभीमा अहिले रामानन्द सागर निर्मित ‘रामायण’ चलिरहेको छ । भगवान रामको कथा ‘रामायण’ बनाउने र फिल्ममा बलिउड सुपरस्टार ऋतिक रोशन राम र अभिनेत्री दीपिका पादुकोण सिताको भूमिकामा तथा बहुबाली अभिनेता प्रभास रावणको भूमिकामा रहने चर्चा पहिलेबाट नै चलिआएको थियो ।
‘दंगल’ फेम डाइरेक्टर नितेश तिवारीले ‘रामायण’लाई फिल्ममा उतार्ने भएका छन् । निर्देशक नितेशले ‘रामायणको कयौं भर्सन रहेको हुदा अहिलेसम्म तीन सयभन्दा बढी संस्करणहरू अध्ययन गरिसकेको बताएका छन् । राम र सिताको तर्फबाट धेरै फिल्महरू रहेको हुदा र विगत तीन बर्षदेखि यसमा अनुसन्धान गरिरहेको हुदा यसपटक फिल्ममा रावणतर्फको कथा देखाइने भएको छ ।
फिल्मको लेखनको जिम्मेवारी श्रीधर राघवनले पाएका छन् । उनी तीन वर्षदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । निर्माण टिमले फिल्ममा हुने कलाकारहरूको विषयमा भने कुनै पनि जानकारी भने दिएका छैनन् । फिल्म ‘रामायण’ हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिनेछ । ४ सय करोडको बजेटमा निर्माण हुने चर्चित धार्मिक कथा ‘रामायण’ फिल्ममा भिएफएक्स र भिजुअल इफेक्टको अत्याधिक प्रयोग हुनेछ ।