नेपालमा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण
Thursday, June 25th, 2020, 4:33 pm
काठमाडौंअसार ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४३४ जनामा संक्रमण देखिएको हो।
आज थपिएका ४३४ सहित नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २६५० पुगेको छ।
कुल संक्रमितमध्ये २५ जनाको मृत्यु भएको छ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।