चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते
Thursday, June 25th, 2020, 3:17 pm
हेटौँडा, असार ११ । मकवानपुरमा दुई जना महिलाको चट्याङले लागेर मृत्यु छ । अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुर बकैया गाउँपालिका–२ की १७ वर्षीया सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो ।
सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ ।