अधिकारीद्वारा अभियन चलचित्र ‘सिल्ली फो’को पोस्टर सार्वजनिक
Tuesday, April 19th, 2022, 4:27 pm
काठमाडौं । केकी अधिकारीद्वारा अभियन चलचित्र ‘सिल्ली फो’को पोस्टर सार्वजनिक गरिएको छ। आगामी असार ३१ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो।
राजबहादुर सानेले निर्देशन गर्नुभएको यो चलचित्रमा केकीका साथमा धीरेन शाक्य, रविन्द्र झा र राजाराम पौडेलले पनि शिर्ष भूमिकामा रहेर अभिनय गर्नुभएको छ। चलचित्रमा चार बदमास पात्रको कथा उठान गरिएको निर्देशक सानेले जानकारी दिनुभयो।
चारजना पात्रको जीवनमा आउने घुम्ती र संघर्षमा आधारित चलचित्रको कथा सन्देश मुलक रहेको सानेको भनाई छ। ८० लाख बजेटमा निर्माण भएको यो चलचित्रमा केकीको अहिलेसम्मकै फरक लुक्स देखिने निर्देशक साने बताउँहुन्छ।
मनोज डीकेले निर्माण गर्नुभएको यस चलचित्रका विशाल श्रेष्ठ सहनिर्माता हुनुहुन्छ।