पछिल्लो २४ घण्टामा पाल्पाका थप ९३ जनालाई कोरोना संक्रमण पुष्टि
Thursday, June 25th, 2020, 12:54 pm
चितवन, असार ११ । भरतपुरस्थित कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पा जिल्लाबाट ल्याइएका ९३ जनाको स्वाबमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालले बिहीबार बिहान दिएको जानकारीअनुसार पाल्पाका २ सय ३४ नमूनामध्ये बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजिटिभ देखिएको हो । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेको अस्पतालले जनाएको छ ।
यसबाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वाबको नतिजा भने नेगेटिभ आएको छ । भरतपुर प्रयोगशालामा हिजो २ सय ९७ जनाको परीक्षण गरिएको थियो ।