यस्तो छ आजको सुन–चाँदीको मूल्य
Thursday, June 25th, 2020, 12:49 pm
काठमाडौं, असार ११ । कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको लकडाउनपछि उकालो लागेको सुनको मूल्य दिनानुदिन बढ्ने क्रममा रहेको छ । तर, आज बिहिबार भने नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै सोमबार भने प्रति तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदी भने तोलामा रु १० घटेको छ । बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँमा कोरोबार भएको हो ।
सुनको मुल्य लगातार बढेसंगै बजारमा सुन खरिद गर्नेभन्दा बेच्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कोरोना महामारीसंगै आम्दानीमा ह्रास र बेरोजगारीले गर्दा रोजीरोटीको लागी सुन बेच्ने बढेको संघको अनुमान छ ।