रौतहटको भोलनटारमा आगलागी हुँदा ६ घर जलेर नष्ट
Saturday, April 16th, 2022, 5:15 pm
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका ३ भोलनटारमा शनिवार दिउँसो आगलागी हुँदा ६ वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरमा भएका सवै सामानहरु जलेका छन् । स्थानीय हस्तबहादुर स्याङतानको घरमा लाइटर पड्केर आगलागी सुरु भएको बताइएको छ ।
आगलागीबाट उहाँका दुईवटा घर र गोठ तथा छिमेकीका घर जलेर नष्ट भएका छन् । चन्द्रपुर, हरिवन , निजगढ नगरपालिकाको दमकल पुगे पनि आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।