ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एकजना समातिए
Thursday, June 25th, 2020, 12:12 pm
इटहरी, असार ११ । सुनसरीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एकजना समातिएका छन् । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका हुन् ।
बुधबार दिउँसो २ बजे भाण्टाबारी स्थितमा हिँडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन–४१ एम्पोल, डाईजेल्याव–३९ एम्पोल, लुपिजेसिक–४० एम्पोल, नाईट्रोशन–१०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन–१४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका यादव उपर थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।