चट्याङले लागेर एकजनाको मृत्यु
Thursday, June 25th, 2020, 12:09 pm
उदयपुर, असार ११ । उदयपुरमा चट्याङले लागेर एकजनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१३ असारी बस्ने ४५ वर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हो ।
बिहीबार बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई वर्षासँगै आएको चट्याङले लागेको थियो ।
चट्याङले लागेर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।
उपचारको क्रममा उनको बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।