बिरामी लिन गएको एम्बुलेन्स भीरबाट खस्दा चालकको मृत्यु
Thursday, June 25th, 2020, 11:59 am
ओखलढुंगा, असार ११ । ओखलढुंगामा बिरामी लिन गएको एम्बुलेन्स भीरबाट खस्दा चालकको मृत्यु भएको छ । ओखलढुंगाको लिखु–६ गाम्नाङटारमा भएको सो दुर्घटनाबाट एम्बुलेन्स चालक ओखलढुंगा लिखु–४ का यसम बस्ने २२ वर्षीय सुदर्शन खत्रीको मृत्यु भएको हो ।
आज बिहान प्रदेश नम्बर ३–०१–००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि लिखुबाट गाम्नाङटारतर्फ जाँदै गर्दा एक्कासी अनियन्त्रित भई कात्तिके भीरबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।
सो दुर्घटनाबाट चालक खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको खुल्न आएको छ ।