आखाँ, छाला र कपाल मात्र हैन, धेरै छन् दैनिक गाँजर खानुका फाइदा
Wednesday, June 24th, 2020, 7:42 pm
गाँजरलाई काँच्चै, सलाद, तरकारी, अचार अथवा जुस बनाएर प्रयोग गरिन सकिन्छ । गाँजरमा उच्च मात्रामा बेटा क्यारोटिन, भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि प्रसस्त पाइने हुदा स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।
भिटामिन ए भएका कारण गाँजरको सेवनले आँखाको रेटिनाको स्वास्थ्यमा फाइदा गर्छ र रतन्धो हुनबाट जोगाउँछ । गाँजरमा भएका भिटामिन सी र एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ जसकारण शरीरमा बिभिन्न रोगहरू लाग्न दिदैन । प्रशस्त फाइबर पाउने हुदा गाँजरको सेवनले खाना राम्रोसंग पच्न मद्दत गरी कब्जियत हटाएर दिसालाई नियमित बनाउछ ।
गाँजर खानाले पिसाब तथा रगत सफा हुनुका साथै शरीरमा क्याल्सियम दिएर हड्डीको विकास, रगतको सर्कुलेसन राम्रो गरि उच्च रक्तचाप हुने सम्भावनालाई कम गरि खराब कोलस्टेरोललाई पनि हटाउछ । जसकारण हृदयाघात हुने सम्भावना रहँदैंन । गाँजर खादा दातँमा बल पर्ने हुदा गिजा बलियो हुनुका साथै दाँतमा एसिड उत्पादन गरेर मुख र दाँत किटाणुलाई मार्न सहयोग गर्छ ।
गाँजरले महिनावारी अनियमित भएको समस्या हटाउछ । गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा सहयोग पुग्ने तथा गर्भ तुहिने सम्भावना पछि घटेर जान्छ । गाँजर खानाले क्यान्सर लगाउने कोषलाई नष्ट पारि फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ ।
गाँजरले छालाको चिल्लोपन र चमकलाई जोगाएर छालालाई चाउरिपर्न दिदैन । गाँजरको जुसले छालामा भएका दागहरू हटाउन मद्दत गर्नुका साथै कपाललाई बाक्लो बनाएर सुक्खा हुनबाट बचाउँछ ।