ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरसको भ्याक्सिनले समेत काम गर्दैन
Wednesday, June 24th, 2020, 7:34 pm
ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरसको भ्याक्सिनले समेत काम नगर्ने बेलायतका वैज्ञानिकले बताएका छन् । कोरोना भाइरसद्वारा संक्रमित भएर मृत्युको अत्यधिक खतरामा रहेका वृद्धका लागि सम्भवतः कोभिड–१९को भ्याक्सिन प्रभावकारी नहुन सक्ने ब्रिटिश सोसाइटी अफ इम्युनोलोजीका अध्यक्ष तथा युसिएलमा इम्युनोलोजी विषयका प्राध्यापक आर्ने अकबरले बताएका हुन् ।
बेलायती पत्रिका द गार्डियनलाई अबकरले ज्येष्ठ नागरिकलाई भ्याक्सिनका साथै भाइरसका कारण पैदा भइरहेको इन्फ्लेमेशनलाई रोक्न स्टेरोइड ड्रग डेक्सामेथासोन वा केही अन्य कुरा पनि दिइएको खण्डमा भ्याक्सिन थप प्रभावकारी हुनसक्ने बताएका छन् । मानव शरीर कुनै संक्रमण वा समस्यासँग लड्नका लागि बढी मिहिनेत हुने हुदा इन्फ्लेमेशन हुन्छ । स्वस्थ रहेका ज्येष्ठ नागरिकको शरीरमा कोरोना भाइरसद्वारा संक्रमित हुदा सामान्यतः इन्फ्लेमेशन बढी हुन्छ ।
इन्फ्लेमेशन कहाँबाट आउने र वृद्ध नागरिकमा इन्फ्लेमेशन कमजोरीसहित अन्य थुप्रै लक्षणको रुपमा देखिने कुरा बुझ्न जरुरि रहेको अकबर बताउछन् । गम्भीर परिस्थितीसँग जुधिरहेका ज्येष्ठ नागरिकलाई खोपले सीधा असर पार्दैन । भ्याक्सिनले युवालाई बढी फाइदा पुर्याउने हुदा युवा भाइरसद्वारा संक्रमित हुँदैनन् भने उनीहरूले आफ्नो घरमा भएका ज्येष्ठ नागरिकसम्म भाइरस फैलाउन सक्ने छैनन् ।