‘सुशान्त’ नाम राखेर फिल्म बनाउने घोषणा
Wednesday, June 24th, 2020, 7:32 pm
गत साता आत्महत्या गरेका बलिउड नायक सुशान्त सिंह राजपूतको जीवनमा आधारित रहेर निर्माण हुने फिल्म बन्ने घोषणा गरिएको छ । निर्देशक सनोज मिश्रले सुशान्तको मृत्यु पछि आफ्नो नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मको नाम पनि ‘सुशान्त’ नै राखेका छन् ।
निर्देशक मिश्रले कैयौं सुशान्त सिंह राजपूतहरू दिनदिनै हत्या र आत्महत्या गर्ने हुदा बलिउडमा नातावाद र पर्दा पछिको अँध्यारोका विषयमा फिल्म बनाउन लागेको बताए । निर्माता मारुत सिंहका अनुसार फिल्मले बलिउडमा उत्पीडनको शिकार भएर भयानक कदम चाल्न बाध्य भएका मानिसहरूको कथा समेट्ने छ ।
फिल्म सुशान्तको बायोपिक नभई बलिउडको अँध्यारो पक्ष देखाउने बताइएको छ । रोड प्रोडक्सन र सनोज मिश्र फिल्म्सको ब्यानरमा बन्ने फिल्मको शूटिङ मुम्बई र बिहारमा गरिने भएको छ । सुशान्तको मृत्यु पछि उनको कथामा पहिले पनि फिल्म बन्ने घोषणा भइसकेको छ । फिल्मको नाम सुसाइड वा मर्डर जुराइएको छ ।