कोरोना भाइरसले अमेरिकालाई घुँडा टेकायोः सिडिसी
Wednesday, June 24th, 2020, 7:30 pm
१० असार, काठमाडौं । कोरोना भाइरसले शक्तिशाली मानिने राष्ट्र अमेरिकालाई समेत घुँडा टेकाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का निर्देशकले रोबर्ट रेडफिल्डले बुधबार संसदीय समितिको सुनुवाईको क्रममा कोरोना भाइरसले अमेरिकालाई समेत घुँडा टेकाएको बताएका हुन् ।
रेडफिल्ड सहितका शीर्ष स्वास्थ्य अधिकारीसँग संसदीय समितिले महामारीमा अमेरिकाको कामबारे छानबिनका क्रममा बयान लिइएको हो । रेडफिल्डले कोरोना भाइरसँग जुध्नका लागि हामी सबैले सकेसम्मको राम्रो प्रयास गर्दा पनि कोरोना भाइरसले अमेरिकालाी घुँडा टेकाएको बताइए । बीबीसीमा जनाए अनुसार एउटा सानो भाइरसका कारण ७० खर्ब डलर भन्दा बढीको नोक्सानी भएको पनि उनको भनाइ छ ।
सोही सुनुवाईको क्रममा नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीको नेतृत्वमा स्वास्थ्य विशेषज्ञहरूको समितिले अमेरिकी सरकारलाई कोरोना भाइरस संक्रमणको नयाँ चरणको बिषयमा र तीव्र गतिमा संक्रमणका फैलिरहेको हुदा यो अवस्था विचलित पार्ने खालको रहेको भन्दै चेतावनी दिएका छन् ।
अमेरिकामा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेको छ । अमेरिकामा २३ लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित छन् र एक लाख २० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।