कोरोना भाइरस अन्तिम महामारी नभएको वैज्ञानिकहरूको चेतावनी
Wednesday, June 24th, 2020, 7:23 pm
१० असार, काठमाडौं । कोरोना भाइरस अन्तिम महामारी नभएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । मानिसहरूले वन्यजन्तुबाट मानवमा फैलिने बिरामीहरूको लागि आँधीबेरी जस्तो अवस्था सिर्जना गरेको हुदा अहिले हामीले सामना गरिरहेको अन्तिम महामारी नभएको वैज्ञानिकहरूले चेतावनी दिएका हुन् ।
लिभरपूल विश्वविद्यालयका प्रोफेसर म्याथ्यू बियालिसले पछिल्ला २० वर्षमा हामीले ५ वटा विभिन्न किसिमका ठूलो जोखिमहरू सामना गरेको बताएका छन् । सार्स, मर्स, इबोला, एवियन इन्फ्लुएन्जा र स्वाइन फ्लू । पाँच ओटालाई जितिसकेको भएपनि छैटौंलाई जित्न सकिरहेका र भविष्यमा अझै महामारी आउन सक्ने उनको भनाइ छ ।
धेरै मानव व्यवहार जस्तै जंगल काट्ने र विभिन्न जनावरहरूको बासस्थान र खानामा अतिक्रमण गर्दा जनावरबाट मानिसमा रोग सार्न मद्दत गरिरहेको कुरामा धेरै वैज्ञानिकहरू सहमत छन् । युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर केट जोन्सले मानव हस्तक्षेपले धेरै संक्रामक रोगहरूको जोखिम बढाउने हुदा वन्यजन्तुहरूको रोगहरू राम्ररी बुझ्नु आवश्यक रहेको उनको भनाई छ ।