भाइरसको पत्ता लगाउने प्रोफेसर कोरोना संक्रमित भए
Wednesday, June 24th, 2020, 7:17 pm
१० असार,काठमाडौं । लण्डन स्कूल अफ ट्रपिकल हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर पिटर प्याट कोरोना संक्रमित भएका छन् ।
विश्वको सबैभन्दा सम्मानित संक्रमण रोग विज्ञानी प्रोफेसर पिटर सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउने टोलीमा रहेका प्रोफेसर पीटर प्याट एचआईभी एड्सको अनुसन्धानमा पनि अग्रणी थिए । प्रोफेसर प्याट, जो विगत ५० बर्षदेखि भाइरससँगको संघर्ष गर्दै आएका छन् कुनै पनि भाइरसबाट संक्रमित भएका थिएनन् ।
तर, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर ल्येनका कोरोना भाइरस सल्लाहकार उनि कोरोना संक्रमित भए । मार्चको मध्यमा कोभिडको संक्रमण भएका उनि एक हप्ता अस्पतालमा बिताएर आफ्नो घर बसेर रिकभर गरिरहेका छन् । पिटरलाई भाइरस हंटर भनेर पनि चिनिने गर्छ ।