राजस्थान सरकारले रामदेवविरूद्ध मुद्दा हाल्ने
Wednesday, June 24th, 2020, 7:05 pm
१० असार,काठमाडौं । राजस्थान सरकारले पतञ्जलि योगगुरू बाबा रामदेवविरूद्ध मुद्दा हाल्ने भएको छ । कोरोना भाइरसको औषधि ुकोरोनिलु अनुमति बिना परिक्षण गरेको भन्दै राजस्थान सरकारले रामदेवविरूद्ध मुद्दा हाल्ने भएको हो ।
राजस्थान सरकारले बाबा रामदेव धोखाधडी गरेको भन्दै मुद्दा हाल्ने बताएका छन् । बिरामीहरूको नतिजा तिन दिन भित्र नेशनल इंस्टिट्यूट अफ मेडिकल साइन्समा ९एनआइएमएस० नआएको र जसमाथी परिक्षण गरिएको थियो । एसिम्प्टोमेटिक रहेको मानिसहरूको सोहि दिन रिपोर्ट नेगटिव आएको बताइएको छ ।
कोरोनाको औषधी ुकोरोनिलुले कोविड १९ विरामीलाई ५ देखि १४ दिनमा ठीक पार्न सक्ने दावी गरेएको थियो । कोरोनिलमा गुर्जो, अश्वगन्धा, तुलसीको मिश्रण रहेको कोरोनिलले कोभिष १९ को बिरामीहरूलाई खुवाउदा सय प्रतिशत नतिजा आएको भन्दै बाबा रामदेवले ुकोरोनिलु बजारमा सार्वजनिक गरेका थिए । मन्त्रालयले पनि सार्वजिनक भएको केहि समयमै ुकोरोनिलु मा प्रतिबन्ध लगाएको छ ।