ऋचाले गरिन् ‘चलचित्र टिभी’ एप सार्वजनिक
Wednesday, June 24th, 2020, 6:48 pm
नायिका ऋचा शर्माले नेपाली चलचित्रलाई लक्षित गर्दै नयाँ चलचित्र एप रिलिज गरेकि छिन् । ‘चलचित्र टिभी’ नामक एप आज विहान सार्वजनिक गरिएको हो ।
नायिका शर्मा लगायत बिदेशका व्यक्तिहरूको समूहले नयाँ चलचित्र एप सार्वजनिक गरेको हो । एप निर्माणका लागि ६० लाख रुपैयाँ खर्च भएको छ । ‘चलचित्र टिभी’को साइटमा मा लग इन गरेर एपमा जान सकिने छ । आजबाटै चलचित्र हेर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिएपनि केही समस्याका कारण चलचित्र हेर्न भने समय लाग्ने उनि बताउछिन् ।
तर, कोभिड–१९ का कारण निर्माण कम्पनीले केही ढिलो गरेका कारण अझै दुई हप्ता लाग्ने भएपनि अहिलेबाट नै एपमा लग इन गरेर दर्शकले एपमा राख्न लागेको चलचित्रको प्रि–भ्यू तथा ट्रेलरहरू भने हेर्न सकिने छ । चलचित्र टिभी’ एपमा सुरुमा कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीका दुई चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ राखिने छ ।