काठमाण्डौ महानगरपालिकाको बजेट १६ अर्ब ४२ करोड
Wednesday, June 24th, 2020, 6:41 pm
काठमान्डौ, असार १०। काठमाण्डौ महानगरपालिकाले अगाामी अािर्थक बर्ष २०७७ ÷७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
बुधबार नगरसभाको सातौ अधिवेशनमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरिएको छ ।
यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो । पूर्वाधार बिकास क्षेत्रका लागि कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार बजेट बिनियोजन गरिएको छ । सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख , सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३०, शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरिएको छ ।