कोरोना महामारीका कारण पोखरामा १६ अर्बको क्षति
Wednesday, June 24th, 2020, 6:37 pm
पोखरा, १० असार । कोरोना महामारीका कारण पोखरा महानगरलाई मात्रै करिब १६ अर्बको क्षति भएको छ ।
महानगरको नीति तथा कार्यक्रममा बोल्दै मेयर मानबहादुर जिसीले लकडाउनका कारण हरेक क्षेत्रका गतिविधि राकीएको हुँदा आर्थिक कारोबारमा ठूलो क्षति पुगेको बताए ।
महानगरपालिकाको आन्तरिक राजश्व संकलन, विकासका कार्यक्रमहरु र नियमित सेवा प्रवाहमा प्रतिकुल असर गरेको मेयर जिसी बताउँछन् ।
महानगरले बुधबार ल्याएको नीति तथा कार्यक्रममा कोरोनाको प्रभाव र त्यसपछि के गर्ने भन्नेबारे जोड दिएको छ ।
महानगरको नीति तथा कार्यक्रममा महामारीले पुद्दयाएको असरहरुलाई न्यूनिकरण गर्न र महानगरबासीको जीवन रक्ष ागर्न विका िगतिविधिहरुलाई निरन्तरता दिने योजना बनाईएको छ ।
‘यस आर्थिक वर्षमा सहरी योजना आयोग गठन गरेका छौं,’ मेयर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘महानगरपालिकाले दीर्घकालीन दृष्टि निर्माण गरेर यस वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेका छौं ।’