नेकपाको निर्णय : अख्तियारसम्बन्धी विधेयक रोक्ने
Wednesday, June 24th, 2020, 6:30 pm
१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ ।
अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन पेश गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा विधेयकको विरोध गरेका थिए ।
प्रतिवेदनमा आएजसरी नै विधेयक पास गरे दुरुगामी असर पर्ने भन्दै नेताहरुले विरोध गरेपछि यसलाई थाती राख्ने निर्णय गरेको छ।