थप ६२९ जना संक्रमित, कुल संक्रमितको संख्या १०,७२८ पुग्यो
Wednesday, June 24th, 2020, 6:28 pm
काठमान्डौ, असार १०। नेपालमा थप ६२९ जना नयाँ संक्रमित थपिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमित ६२९ मध्ये ११० जना महिला रहेका छन् भने ५१९ जना पुरुष रहेका छन्।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।