नागरिकता विधेयक अघि नबढाउन नेकपालाई देउवाको आग्रह
Wednesday, June 24th, 2020, 6:16 pm
असार १०, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता विधेयक अघि नवढाउन नेकपालाई आग्रह गर्नुभएको छ ।
संविधानले नै महिला र पुरुषबीच समानता सुनिश्चित गरेकाले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने बताउँदै विधेयक अगाडि नबढाउन आग्रह गर्नुभएको हो ।
सभापति देउवाले हालै संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकता सम्वन्धी ७ वर्षे प्रावधानको पनि विरोध गर्नुभएको छ।
महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने अनि समानताको अवधारणा–मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन म नेकपासँग माग गर्दछु’ बुधबार देउवाले फेसबुकमा लेख्नुभएको छ ।