नागार्जुन नगरपालिकाको मेयर पदका लागि राजन कोइरालाको स्वतन्त्र उम्मेद्वारी
Thursday, April 7th, 2022, 3:49 pm
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गदा देशभरी हालसम्म २ हजार तिन सय ९२ जनाले बिभिन्न पदका लागि स्वतन्त्र उम्मेद्वारी दिने भएका छन्, यसैबिच काठमाडौंको नागार्जुन नगरपालिकाको मेयर पदका लागि राजन कोइरालाले स्वतन्त्र उम्मेद्वारी दिनुहुने भएको छ ।
कोइरालाले रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनबाट सो कुरा सार्वजनिक गर्नुभएको हो । २०४२ सालमा केवलपुर, धादित्रमा जन्मेका कोइरालाले विगत एक दशकदेखि युवा सशक्तिकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आउनु भएको छ ।
२०४७ मा आफ्नो परिवारसँगै काठमाडी बसाई सर्नु भएका कोइरालाले पिन्स क्याम्पसबाट पत्रकारिता र राजनीतीशास्त्रमा आइएको स्वर्णपदक पाएलगतै उच्चशिक्षाको लागि अमेरिका जानुभएको थियो ।
अमेरिकास्थित टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामै स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर ९ वर्षपछि २०६९ मा स्थाई रूपमा नेपाल फर्कनु भएको हो ।
राजन कोइराला संग अहिलेसम्म ५० हजार बढी युवाहरुलाई तालिम दिइसकेको अनुभव छ , साथै उहाँ विभिन्न युवाहरुले संचालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथी प्रशिक्षकका साथ-साथै अन्य स्वयंसेवी भूमिकामा समेत सकृय हुनुहुन्छ सयौ प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक व कतै सहजकर्ता भएका उहाँले नेपालमा अनवरत युवाको क्षेत्रमा काम गर्दै आउनु भएको छ ।
स्थानीय तहमा युवाको प्रत्यक्ष संलग्नता गराएर विकास र समृद्धिका लागि काम गर्ने लक्ष्यका साथ कोइरालाले सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल व्यवस्थापन, नगरपालिकाको उचित संरक्षण र प्रवर्दन, प्राथमिकतामा राखेर बालबालिका तथा अपाङग र जेष्ठ नागरीकका कार्यक्रम साथै शिक्षा र रोजगारी र उधमशिलतामा काम गर्ने बताउनु भएको छ ।
काम गरेर देखाउन सक्ने क्षमता भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको कोइरालाले बताउनुभयो ।