एकैदिन डोटीका ३४ जनाले जिते कोरोना
Wednesday, June 24th, 2020, 2:21 pm
डोटी, असार १० । डोटीमा एकैदिन ३४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमण पुष्टि भएका १ सय ४० जनामध्ये ३४ जना कोरोनालाई जित्दै डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भइ जिल्लाका विभिन्न स्थानमा तयार पारिएको आइसोलेशन र जिल्ला अस्पतालमा बस्दै आएकामध्ये ४ महिला र ३० पुरुष गरी ३४ जनालाई डिस्चार्ज गरिएको हो ।
दिपायल सिलगढी नगरपालिका २ पुरुष, शिखर नगरपालिकाका १ महिला र १७ पुरुष, पुविचौकी गाँउपालिकाका १ महिलासहित ५ पुरुषलाई डिस्चार्ज गरिएको छ । त्यस्तै बडीकेदार गाँउपालिका ३ पुरुष, जोरायल गाँउपालिकाका १ महिला १ पुरुष, सायल गाँउपालिकाका १ महिला २ पुरुषलाई डिस्चार्ज गरिएको हो ।
जिल्लाभरमा स्थापना गरिएको आईसोलेसनमा १९ महिला र ८७ जना पुरुषको उपचार भई रहेको स्वास्थ्य प्रमुख मलासीले जानकारी दिएका छन् ।