कोरोना भाइरसको एउटा भ्याक्सिन छिट्टै प्राप्त हुने : ट्रम्प
Wednesday, June 24th, 2020, 11:11 am
असार १०, एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको एउटा भ्याक्सिन छिट्टै प्राप्त हुन लागेको बताउनुभएको छ ।
एरिजोना राज्यमा आयोजित चुनावी र्यालीमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामहरूको विवरणसमेत पेस गर्नुभयो । सम्बोधनकामा राष्ट्रपति ट्रम्पले केही मानिसहरूले कोरोना भाइरसलाई ुवुहान भाइरसु, ुकुङ फ्लुु र चाइनिज फ्लूु समेत भन्ने गरेको उल्लेख गरेका थिए।
उहाँले विरामीहरूलाई बचाउन भेन्टिलेटरको कमी हुन नदिएको बताउँदै न्यू योर्कमा आफ्नो सरकारले अस्पताल बनाएको भएपनि प्रयोग नगरेको बताउनुभएको छ ।
कोरोनाका कारण अमेरिकाको अर्थव्यवस्थामा गम्भीर धक्का परेको छ।