कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
Wednesday, June 24th, 2020, 11:01 am
सुर्खेत,१० असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस कोरोना संक्रमण देखिएको छ ।
प्रतिष्ठानमा गए राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै पोजेटिभ सबैको अवस्था सामान्य भएको जनाएको छ ।