गण्डकी प्रदेशमा बुधबार बिहानै थपिए ३२ संक्रमति
Wednesday, June 24th, 2020, 10:13 am
पोखरा, असार १० । गण्डकी प्रदेशमा बुधबार बिहानै ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । समाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जना संक्रमितहरू थपिएका हुन् ।
लमजुङका ५ जना, पर्वतका १ जना, स्याङ्जाका ७ जना, कास्कीका ५ जना, गोरखाका १ जना, बाग्लुङका ९ जना, तनहुँका १ जना र नवलपरासीका ३ जना गरी ३२ जना थपिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।