घरमै कोरोना परीक्षण गर्न मिल्ने विधि बनाउदै जापान
Tuesday, June 23rd, 2020, 9:37 pm
कोरोना भाइरसको परीक्षणको लागि जापानमा घरमै कोरोना परीक्षण गर्न मिल्ने नयाँ विधि विकसित गर्ने तयारिमा रहेको छ ।
बीबीसीमा उल्लेख गरिए अनुसार जापानका अनुसन्धानकर्ताहरूको टोलीले नयाँ सलाइवा परीक्षण अर्थात् र्यालको परीक्षणको विधि विकसित गरेको छ । घरमै कोरोना परीक्षण गर्न मिल्ने नयाँ विधिले जम्मा २५ मिनेटमा कोरोना परीक्षणको नतीजा दिने अनुसन्धानकर्ताहरूको भनाई छ । जापानी विश्वविद्यालयहरूमा काम गर्ने एक मेडिकल फर्मले यो परीक्षणको लागि काम गरिरहेको बताइएको छ । बेलायतमा समेत यस्तै प्रकारको सलाइवा परीक्षण भइरहेकोमा १४ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरूले भाग लिइरहेका छन् ।
कोरोना भाइरसको परीक्षणको लागि नाकबाट स्वाव लिने गरेको पाइन्छ ।